Kathmandu Press

मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते

काठमाडौं, मंसिर ३ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका...
मानहुँ जाँदै गरेको माइक्रो दुर्घटना : एकको मृत्यु, पाँच घाइते

काठमाडौं, मंसिर ३ : तनहुँको व्यास नगरपालिका–५ मानहुँकोटमा आज बिहान माइक्रो बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने पाँच घाइते भएका छन् ।

पोखराबाट मानहुँकोट जाँदै गरेको ग १ ख २९४२ नं को हायस माइक्रो मानहुँकोट पुग्ने बेला ढलान गरेको सडकबाट तल खस्दा पोखरा महानगरपालिका तल्लो गगनगौडा बस्ने २८ वर्षीया सुनिता गुरुङको मृत्यु भएको हो ।

उनको दमौलीस्थित रत्नहरि अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिए । उनका अनुसार दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

माइक्रो सडकदेखि अन्दाजी ६०० मिटर तल खसेको छ । 

प्रकाशित मिति: १४:३० बजे, बुधबार, मंसिर ३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्