Kathmandu Press

फिल्म प्रमोसनमा जोडतोड, ३० प्रतिशतसम्म खर्च

काठमाडौं, वैशाख २२ : अहिले फिल्म निर्माताहरू अनेक तरिका अपनाउन थालेका छन, दर्शकलाई हलसम्म तान्न।

पहिले फिल्म प्रमोसनमा केही पत्रकारको उपस्थि....

फिल्म प्रमोसनमा जोडतोड, ३० प्रतिशतसम्म खर्च

काठमाडौं, वैशाख २२ : अहिले फिल्म निर्माताहरू अनेक तरिका अपनाउन थालेका छन, दर्शकलाई हलसम्म तान्न।

पहिले फिल्म प्रमोसनमा केही पत्रकारको उपस्थितीमा प्रेस मिट कार्यक्रम मात्रै गरिन्थ्यो। अहिले बलिउडमा जस्तै भव्य र जोडतोडका साथ फिल्मको प्रमोसन गरिन थालेको छ।

त्यसमध्ये पनि सार्वजनिक स्थलमा कन्सर्ट प्रमुख बन्न थालेको छ। जसमा केही डान्स टिमको प्रस्तुत राखिने गरेको छ। त्यसमा फिल्मका मुख्य कलाकारहरू एकैछिन झलक्क देखा पर्छन्। जहाँ दर्शकलाई फिल्म हेरिदन आग्रह समेत गर्छन्।

Hardik ivf

कतिपय फिल्म त जति प्रमोसन गरेपनि असर पर्ने गरेको छैन्। फिल्म रिलिज भएकै दिन हल खाली हुने गरेको छ। यसैमध्येको एक हो, केही दिन अघि रिलिज भएको फिल्म ‘द म्यान फ्रम काठमाडौं।’

केही फिल्म अपवाद पनि बनेका छन्। दुई सातासम्म पनि हलमा दर्शक पाइरहेका छन्। जसमा स्वस्तिमा खड्का स्टारर फिल्म ‘बुलबुल’ र अनमोल केसी स्टारर फिल्म ‘ए मेरो हजुर–३’ लाई लिन सकिन्छ।

‘बुलबुल’ले काठमाडौं मलबाहिर नै फिल्मकी लिड अभिनेत्री स्वस्तिकालाई प्रस्तुत गरेको थियो। प्रमोसन स्थलमा मात्रै होइन, बुलबुलले हलमा पनि दर्शक तानेको थियो।

फिल्म प्रमोसनका क्रममा ‘दाल भात तरकारी’ टिम।

यस्तै, यहि साता रिलिज भएको फिल्म ‘दाल भात तरकारी’ खुब प्रमोसन गर्‍यो। फिल्म टिमले मोफसल र काठमाडौंका बिभिन्न स्थानलमा कार्यक्रम गर्‍यो। वरिष्ठ हास्य कलाकर हरिवशं आचार्य, किरण केसीसँगै अभिनेत्री आँचल शर्मालगायत उपस्थित थिए।

आगामी जेठ ३ मा रिलिज हुन लागेको फिल्म ‘वीर विक्रम–२’को टिम त ठूलो गाडीलाई फिल्मको पोस्टरले सजाएर रोड कन्सर्ट कार्यक्रमका लागि निस्केकाे छ।

अहिले फिल्म प्रमाेसनका लागि सन्सर्टसँगै फिल्मको गीतमा कभर भिडियो प्रतियोगिता, कविता प्रतियोगिता पनि राख्न थालिएकाे छ।

पत्रिका र आमसञ्चारका माध्यममार्फत मात्रै प्रमोसन प्रयाप्त नहुने भएकाले प्रत्यक्ष दर्शकसम्म पुग्नु जरुरी रहेको निर्देशक दिपेन्द्र लामाको भनाइ छ। विभिन्न ठाउँमा पुगेर प्रमोसनको कार्यक्रम गर्न रहरभन्दा पनि बाध्यता भएको बताउँदै उनले भने, ‘मिडियामा मात्रै आएको जानकारी दर्शकलाई हलसम्म तान्न प्रयाप्त हुदैन।’

तर, प्रमोसन मात्रै सबै थोक होइन। यस्ता थुपै फिल्महरु छन्, जसको प्रमोसन इभेन्टमा जमेरै दर्शक देखिए पनि हलमा पगेनन्। त्यसैले फिल्म नै राम्रो बन्नु पर्छ। त्यसपछि मात्रै प्रमोसनले सघाउँछ।

अहिले फिल्मको प्रमोसनका लागि लगभग केही प्रतिशत बजेट छुट्याउने गरिएको छ। कतिपयले त ३० प्रतिशतसम्म प्रमोसनमा लगाएको बताएका छन्। तर, उपलब्धि भने देखिने गरेको छैन्।

प्रकाशित मिति: १३:१७ बजे, आइतबार, वैशाख २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्