Kathmandu Press

सार्वजनिक यातायात सेवाको बस सञ्चालन गर्ने प्रदेश २ सरकारको तयारी

जनकपुरधाम, मंसिर २ : प्रदेश २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ। प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि...
सार्वजनिक यातायात सेवाको बस सञ्चालन गर्ने प्रदेश २ सरकारको तयारी

जनकपुरधाम, मंसिर २ : प्रदेश २ सरकारले सरकारीस्तरबाट नै सार्वजनिक यातायात सेवाका रुपमा बस सञ्चालन गर्ने भएको छ। 

प्रदेश सरकारले बस सेवा सञ्चालनका लागि पाँच बस पनि खरिद गरिसकेको छ। भौतिक विकास पूर्वाधारमन्त्री जितेन्द्र सोनलले प्रदेशवासीलाई यातायातमा सहुलियत दिन प्रदेशस्तरीय बस सञ्चालन गर्ने तयारी गरिएको बताए।

ती बस अहिले धनुषाको मिथिला नगरपालिका, ढल्केबरस्थित सिप्रदी कार्यालयमा राखिएको छ। ती बस केही दिनभित्रै सञ्चालन ल्याइने मन्त्री सोनलले बताए।  प्रतिबस ६७ लाख ९५ हजार रूपैयाँमा खरीद गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ।

निजी बसभन्दा सस्तो भाडादरमा जनताको सहजताका लागि जनकपुर–वीरगञ्ज दुई,  जनकपुर–राजविराज दुई तथा राजविराज–वीरगञ्जसम्म एक बस सञ्चालन गर्ने प्रदेश सरकारको योजना छ। रासस

प्रकाशित मिति: २०:०१ बजे, मंगलबार, मंसिर २, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्