Kathmandu Press

कोरोना संक्रमणबाट झापामा थप एक जनाको मृत्यु

विर्तामोड, मंसिर १ : झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।कोरोना संक्रमणबाट झापाको ८० वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा...
कोरोना संक्रमणबाट झापामा थप एक जनाको मृत्यु
सांकेतिक तस्वीर।

विर्तामोड, मंसिर १ : झापामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ।

कोरोना संक्रमणबाट झापाको ८० वर्षीय पुरुषको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो। ती पुरुषमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। 

कोरोना पुष्टि भएपछि ती पुरुषलाई उपचारका लागि कात्तिक २९ गते वीपी प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
 

प्रकाशित मिति: १५:३२ बजे, सोमबार, मंसिर १, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्