Kathmandu Press

अब कान्तिपुर डेन्टल कलेजमा पनि पिसिआर परीक्षण 

काठमाडौँ, कात्तिक ३० : काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज (केडिसी) मा कोभिड – १९ परीक्षण हुने भएको छ । अस्पतालले शनिबार देखि...
अब कान्तिपुर डेन्टल कलेजमा पनि पिसिआर परीक्षण 

काठमाडौँ, कात्तिक ३० : काठमाडौंको बसुन्धरामा रहेको कान्तिपुर डेन्टल कलेज (केडिसी) मा कोभिड – १९ परीक्षण हुने भएको छ । अस्पतालले शनिबार देखि पीसीआर प्रयोगशाला स्थापना गरी सञ्चालनमा ल्याएसँगै पिसिआर परीक्षण शुरु भएको अस्पतालले जनाएको छ ।

संक्रमणले नेपालमा महामारीको अवस्थामा सिर्जना गरेको अवस्थामा अस्पतालभित्रै पीसीआर परीक्षण प्रयोगशाला स्थापना हुँदा विरामीको उपचारमा थप सहयोग पुग्ने विश्वास लिएको अस्पतालको भनाई छ । अस्थायी कोभिड अस्पताल भए पनि पीसीआर परिक्षण गर्ने ल्याब नहुदा बिरामीले समस्या भोग्नुपरेको ठहर गर्दै पिसिआर परीक्षणको व्यबस्था गरिएको अस्पतालका निर्देशक डा. बुद्धिमान श्रेष्ठले बताए ।

अस्पतालले हरेक दिन सात देखि आठ सय जनाको पिसिआर परीक्षण गर्न सकिने र स्वाब दिएको ६ घण्टामा नै रिपोर्ट आउने समेत श्रेष्ठले बताए । प्रयोगशालामा सरकारले तोकेको दुई हजार रुपैयाँमा पीसीआर परीक्षण गर्न सकिने जानकारी दिए ।

यसअघि अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंगको सम्झौँतामा गत १६ भदौ देखि २०० बेडको कोभिड–१९ अस्थायी अस्पताल सञ्चालनमा ल्याएको छ ।

यस्तै, हालसालै अस्पतालले १२ वटा आईसीयू, ६ वेड हाई डिपेन्डेन्सी युनिट र त्यति नै बेड भेन्टिलेटर समेत सञ्चालनमा ल्याईसकेको छ । 

प्रकाशित मिति: १९:२७ बजे, आइतबार, कात्तिक ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्