Kathmandu Press

हास्यकलाकार मनोज गजुरेलको कोरोना रिर्पोट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज 

काठमाडौं, कात्तिक ३० : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हास्यकलाकार मनोज गजुरेल  डिस्चार्ज भएका छन् ।११ दिनको अस्पताल...
हास्यकलाकार मनोज गजुरेलको कोरोना रिर्पोट नेगेटिभ, अस्पतालबाट डिस्चार्ज 

काठमाडौं, कात्तिक ३० : कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना भएका हास्यकलाकार मनोज गजुरेल  डिस्चार्ज भएका छन् ।

११ दिनको अस्पताल बसाइपछि आफू अहिले घर फर्किएर आराम गरिरहेको गजुरेलले सामाजिक सञ्जाल ट्विटर र फेसबुक मार्फत जानकारी दिएका छन् ।  उनले ट्वीटमा लेखेका छन्, ‘कोभिड–१९ का सबै रिपोर्ट नेगेटिभ आएका छन्, अहिले घर फर्किएर आराम गरिरहेको छु ।

Hardik ivf

केही दिनमा पूर्ण स्वस्थ भएर काममा फर्किनेछु ।’ साथै उनले उच्च स्तरको उपचार सेवा प्रदान गरेको भन्दै नेपाल एपिएफ अस्पताल परिवार र परिवारका सम्पूर्ण सदस्यहरु र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

उनले महामारीबाट सकेसम्म आफू पनि जोगिन र अरुलाई पनि जोगाउन आग्रह समेत गरेका छन् । 

प्रकाशित मिति: १४:५३ बजे, आइतबार, कात्तिक ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्