Kathmandu Press

बलिउड कलाकारले दिए दिपावलीको शुभकामना

नेपालमा मात्र होइन भारतमा पनि अवस्था यस्तै छ । ठूलो पार्टी गरेर दीपावली मनाउने बलिउड कलाकारहरुले घरमै परिवारका सदस्यहरुसँग मनाउने निर्णय गरेका छन् । बलिउडका अघिकांश कलाकारले सामाजिक सञ्जाल मार्फत दीपावलीको शुभकामना दिएका छन् ।
बलिउड कलाकारले दिए दिपावलीको शुभकामना

काठमाडौं, कात्तिक ३० : यो पर्वको दिपावली अघिल्ला वर्षहरु भन्दा फरक छ, कोरोनाभाइरसका कारण अघिल्ला वर्षहरुको जस्तो यो वर्ष भीडभाड छैन भने सबैले आफ्नै घरमा बसरे दीपावली मनाउँदै छन् ।

नेपालमा मात्र होइन भारतमा पनि अवस्था यस्तै छ । ठूलो पार्टी गरेर दीपावली मनाउने बलिउड कलाकारहरुले घरमै परिवारका सदस्यहरुसँग मनाउने निर्णय गरेका छन् । बलिउडका अघिकांश कलाकारले सामाजिक सञ्जाल मार्फत दीपावलीको शुभकामना दिएका छन् ।

बलिउडका बिगबी अर्थात अमिताभ बच्चनले ट्वीटर मार्फत् समर्थकलाई दीपावलीको शुभकामना दिएका छन् । साथै उनले एउटा समाचार सेयर गर्दै रामको जन्मभूमि अयोध्यामा ५८४८७२ दियो बाल्दै नयाँ रेकर्ड बनाएको बताएका छन् । 

Hardik ivf

यसैगरी अभिनेत्री करिना कपुरले इन्स्टाग्राममा पति सैफ अलीखान र छोरा तैमुरसँगको एउटा भिडियो सेयर गर्दै दिपावलीको शुभकामना दिएकी छिन् । भिडियोमा गर्भवती करिना परिवारका साथ आगो ताप्दै गरेको भिडियो सेयर लेखेकी छिन्, ‘तपाईंहरु सबैलाई दीपावलीको शुभकामना, खुशी रहनुस्, सुरक्षित रहनुस् ।’ 

दीपावलीमा अभिनेता सलमान खान रियालिटी शो बिगबोसको सुटिङमा व्यस्त छन् । सलमानले बिगबोसको सेटबाटै दीपावली सेलिब्रेट गरेका छन् । रातो पुरानो डिजाइनको प्रिन्टेड जामा लगाएका फोटो पोस्ट गर्दै समानले इन्स्टाग्राममा लेखेका छन्, ‘सबैलाई दीपावली तथा नयाँवर्षको शुभकामना, सुबै सुरक्षित रहनुस् ।’ 

यस्तै बलिउडकी डिम्पल गर्ल प्रीति जिन्टाले ‘ट्रेडिसनल लुक्स’ मा पुजाको थाली पक्डिँदै गरेको दीवालीको तस्बिर ट्विटरमा पोस्ट गर्दै शुभकामना दिएकी छिन् । उनले शुभकामना दिँदै लेखेकी छिन्, ‘सबैलाई दीपावली र नयाँ वर्षको शुभकामना । यो तिहारको उज्यालोले हाम्रो जिन्दगी तथा अँध्यारोमा उज्यालो ल्याहोस्, सबैको जिन्दगीमा सुखी र समृद्धि ल्याहोस् । ह्याप्पी दीपावली ।’  

यसैगरी साउथ इन्डियन स्टार सोनु सुदले दीपावलीमा गरिब मानिसको खुसीको कारण बन्न अपिल गरेका छन् । पछिल्लो समयमा गरिब–दुःखीको सेवामा लागेका सुदले ट्विटरमा लेखेका छन्, ‘अरुको दिपावलीको ह्याप्पी बनाउनुस्, यही दीपावलीको बधाई दिने सही तरिका हो ।’ (एजेन्सी) 

 

प्रकाशित मिति: १४:२७ बजे, आइतबार, कात्तिक ३०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्