Kathmandu Press

निकुञ्जबाट बँदेलको बच्चा चोर्ने तीन जना फरार अभियुक्त पक्राउ

भरतपुर, कात्तिक २९ :  चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन्। उनीहरुलाई भरतपुर महानगरपालिकाका...
निकुञ्जबाट बँदेलको बच्चा चोर्ने तीन जना फरार अभियुक्त पक्राउ
सांकेतिक तस्वीर।

भरतपुर, कात्तिक २९ :  चितवन राष्ट्रिय निकुञ्जमा सिसौको काठ र बँदेलको बच्चा चोरीनिकासी गरेका तीन फरार अभियुक्त पक्राउ परेका छन्। उनीहरुलाई भरतपुर महानगरपालिकाका विभिन्न ठाउँबाट पक्राउ गरिएको हो। 

चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ परेकामा भरतपुर–२४ बस्ने निमा भन्ने नेमा घलान, भरतपुर–२८ का फुर्के कुमाल भन्ने गणेश कुमाल र सोही ठाउँका गिर्जा कुमाल भन्ने प्रितम कुमाल रहेका छन्।

घलानलाई मध्यवर्ती क्षेत्रबाट अवैध रुपमा बँदेलको बच्चा चोरी निकास गरेको अभियोगमा २० हजार जरिवाना र ६० दिन कैद फैसला भएको छ।  विसं २०७४ जेठ १९ गते दायर मुद्दामा २०७६ असार ३० गते फैसला भएको थियो। मुद्दाका चारजना अभियुक्तमध्ये उनी फरार रहँदै आएका थिए। 

त्यसैगरी  कुमालद्वयलाई अवैधरुपमा सिसौको काठ चोरीनिकासी गरेको अभियोगमा ३४ हजार ४२९ जरिवाना र ३० दिन कैद फैसला भएको थियो। विसं २०७३ असोज १९ गते दायर मुद्दामा २०७६ असार २६ गते फैसला भएको थियो। मुद्दाका सातजना अभियुक्तमध्ये चारजना फरार रहेका थिए। तीमध्ये दुईजना पक्राउ परेका हुन्।

उनीहरुलाई कात्तिक १८ गते पक्राउ गरिएको हो। एक वर्षभन्दा कम सजाय हुने मुद्दा निकुञ्ज आफैँले पैसा गर्ने गर्दछ। पक्राउ परेकाहरुलाई जिल्ला कारागार भरतपुर चलान गरिएको छ। रासस

प्रकाशित मिति: १७:२२ बजे, शनिबार, कात्तिक २९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्