Kathmandu Press

डा. गोविन्द केसीलाई कोरोना संक्रमण 

काठमाडौं, कात्तिक २८ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सामान्य रुघाखोकी र ज्वरो आएपछि डा. केसीले...
डा. गोविन्द केसीलाई कोरोना संक्रमण 

काठमाडौं, कात्तिक २८ : चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सामान्य रुघाखोकी र ज्वरो आएपछि डा. केसीले बिहीबार कोरोना परीक्षणका लागि स्वाब दिएका थिए। शुक्रबार आएको रिपोर्टमा डा. केसीलाई कोरोना संक्रमण पुष्टि भएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिए। 

कोरोना संक्रमण पुष्टि भएपछि डा. केसी महाराजगञ्जस्थित टिचिङ अस्पतालमा भर्ना भएका छन्। डा. केसीको श्वासप्रस्वासमा केही समस्या आएको सहयोगी सुवेदीले बताए। 
 

प्रकाशित मिति: ०१:४४ बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्