Kathmandu Press

‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै

काठमाडौं, कात्तिक २८ : यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ।त्यसका लागि केही समय पहिला ठेक्का...
‘स्मार्ट लाइसेन्स’ का लागि १४ लाख कार्ड खरिद गरिँदै
फाइल तस्वीर।

काठमाडौं, कात्तिक २८ : यातायात व्यवस्था विभागले ‘स्मार्ट लाइसेन्स’ छपाइका लागि १४ लाख कार्ड खरिद गर्ने भएको छ।

त्यसका लागि केही समय पहिला ठेक्का आह्वान गरिएकोमा प्राप्त आवेदनमा मूल्याङ्कन भइरहेको विभागका निर्देशक रामचन्द्र पौडेलले जानकारी दिए। उनका अनुसार विभागले दुई वर्ष पहिले करिब १० लाख कार्ड खरिद गरेपछि यो वर्ष खरिद प्रक्रिया अघि बढाएको हो।

अहिले विभागसँग झण्डै ६० हजार कार्ड मात्रै बाँकी छ। ठेक्का सम्झौता भएपछि तीन महिनाभित्रमा कार्ड ल्याउने उनले बताए। अहिले खरिद भएको कार्ड डेढ वर्षलाई पुग्ने अनुमान गरिएको छ। विभागले गत चैतदेखि असोज मसान्तसम्ममा करिब १० लाख चालक अनुमतिपत्र छपाइ गरेको थियो। अब सेवाग्रहीले कार्ड पाउने सहज हुने अपेक्षा गरिएको छ।

सरकारले गत चैतमा कोभिड–१९ को नियन्त्रणका लागि बन्दाबन्दी गरेपछि यातायात कार्यालयले नयाँ चालक अनुमतिपत्रका लागि परीक्षा लिएका छैनन्। रासस

प्रकाशित मिति: ०१:३५ बजे, शनिबार, कात्तिक २९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्