Kathmandu Press

कर्णाली प्रतिष्ठानमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुरू 

जुम्ला, कात्तिक २८ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ।यही सातादेखि प्रतिष्ठानमा नाक,...
कर्णाली प्रतिष्ठानमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा सुरू 

जुम्ला, कात्तिक २८ : कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा नाक, कान र घाँटीको विशेषज्ञ स्वास्थ्य उपचार सेवा सुरु भएको छ।

यही सातादेखि प्रतिष्ठानमा नाक, कान र घाँटीको स्वास्थ्य उपचार सेवा सुरु भएको हो। नाक, कान र घाँटीको उक्त स्वास्थ्य उपचार सेवा विशेषज्ञ डा.सरोज काफ्लेले शुरु गरेको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। 
 
प्रतिष्ठान शिक्षाध्यक्ष डा.निरेश थापाले नाक, कान, घाँटीको विशेषज्ञ सेवा प्रवाहले कर्णालीवासीलाई थप सहयोग पुगेको बताए। यसअघि प्रतिष्ठानले जिपी इमरजेन्सी मेडिसन, सर्जरी, महिला तथा प्रसुति रोग, मेडिसिन, हाडजोर्नी तथा नसा, मनोचिकित्सा, बालरोग, दाँत, प्याथोलोजी, अप्थलोजी, आइसियु, एनआइसियु, कोरोना आइसियु, पल्मोनोलोजीलगायत विशेष सेवा दिँदै आइरहेको शिक्षाध्यक्ष डा.थापाले बताए। 

“क्यान्सर, मिर्गौला, न्यूरो स्पाइनल सर्जरी रोगका लागि नेपाल सरकारले प्रतिष्ठानलाई सूचीकृत गर्दैछ”, उनले भने, “अब कर्णालीका नागरिकले यी जटिल खालका रोगहरुको प्रतिष्ठानबाट निःशुल्क उपचार पाउनेछन्।” 

अस्पताल निर्देशक डा.मङ्गल रावलले प्रतिष्ठानको स्वास्थ्य तथा शिक्षा क्षेत्रमा अपेक्षित उपलब्धि हाँसिल भएको र यसको संस्थागत विकासमा सबै एकाकार भएर लाग्नुपर्ने अपरिहार्यता खट्किएको तर्क गरे।

“प्रतिष्ठानले कर्णाली प्रदेशका १० जिल्लासहित सुुदूरपश्चिम प्रदेशका बझाङ् बाजुरा र अछाममा समेत आफ्नो सेवा प्रवाह गर्दै आएको छ”, निर्देशक डा.रावलले भने, “यसले सेवा क्षेत्रका नागरिकलाई स्वास्थ्य उपचार, शिक्षा र रोजगारीको अवसर प्रदान गर्दै आएको छ।”

मेडिकल कलेज भइसकेपछि सरकारले अनिवार्य डाक्टरी पढाई गराउनु पर्थ्यो। यद्यपी कोभिड–१९ को प्रतिकार्य, रोकथाम र नियन्त्रणसमेत पश्चिम नेपालमा प्रतिष्ठान खेलेको भूमिकालाई अध्ययन गर्दै नेपाल सरकारले स्नातकोत्तर चिकित्सा शिक्षाको अध्ययन अध्यापनको अनुमति दिइसकेको र केही समयपछि एमबीबीएस पढाईको तयारी हुने उनको भनाइ छ। रासस

प्रकाशित मिति: २१:१६ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्