Kathmandu Press

संक्रमणमुक्त हुम्लामा भेटिए ४ नयाँ संक्रमित 

सिमकोट, कात्तिक २८ : कात्तिक १८ गतेदेखि कोरोना संक्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ संक्रमित भेटिएका छन्। कोरोना लक्षण भएको आशङ्कामा...
संक्रमणमुक्त हुम्लामा भेटिए ४ नयाँ संक्रमित 

सिमकोट, कात्तिक २८ : कात्तिक १८ गतेदेखि कोरोना संक्रमण मुक्त भएको हुम्लामा बिहीबार राति चार नयाँ संक्रमित भेटिएका छन्। कोरोना लक्षण भएको आशङ्कामा स्वाब परीक्षणका लागि सुर्खेत पठाइएको थियो। राति चार जनामा कोरोना पोजेटिभ नतिजा देखाएको हो।

जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको पालिका केन्द्र याल्वाङका ५ जना स्थानीयको स्वाब परीक्षण गर्दा एक जना नेगेटिभ अन्य चार जनामा पोजेटिभ देखाएको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए। पछिल्लो समय ६३, ६०, ३१, र १६ वर्ष उमेर समुहका याल्वाङका स्थानीयमा संक्रमण देखिएको फडेराले बताए। उनीहरुमध्ये तीन जना महिला र एक जना पुरुषमा छन्। 

कोरोना मुक्त भएको यस जिल्लामा पछिल्लो एक हप्तामा ठूला कार्यक्रम, उद्घाटन आमसभालगायत मानिसको भीडभाडसहित कार्यक्रम भएको थियो। कोरोना सङ्क्रमणको कुनै प्रवाह नगरी जिल्ला स्वास्थ्य सेवा कार्यालय हुम्लाले दुई दिन अगाडि मात्रै ठूलो सङ्ख्यामा नागरिकको उपस्थित गराएर कार्यक्रम गरेको थियो। हुम्लामा समुदायस्तरमै कोरोना सङ्क्रमण फैलिए पनि परीक्षणका लागि स्वाब संकलन नगर्दा संक्रमित नभेटिएको अगुवाले बताउने गरेका छन्। जिल्लामा पहिलो पटक असोज ३ गते एक जना युवतीमा कोरोना संक्रमण देखिएको थियो। 

प्रकाशित मिति: १८:१५ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्