Kathmandu Press

सारा र प्रितमको ‘गुञ्जन’को फस्टलुक सार्वजनिक

काठमाडौं, कात्तिक २८ : अभिनेत्री सारा श्रीपाईली र प्रितमराज सेन्चुरीको फिल्म गुञ्जनको फस्टलुक सार्वजनिक गरिएको छ।तिहारको अवसर पारेर फिल्मको फ्रस्टलुक सार्वजनिक गरिएको जनाएको...
सारा र प्रितमको ‘गुञ्जन’को फस्टलुक सार्वजनिक

काठमाडौं, कात्तिक २८ : अभिनेत्री सारा श्रीपाईली र प्रितमराज सेन्चुरीको अभिनय रहेकाे फिल्म 'गुञ्जन'को फस्टलुक सार्वजनिक गरिएको छ।

तिहारको अवसर पारेर फिल्मको फ्रस्टलुक सार्वजनिक गरिएको जनाएको छ। अष्ट महर्जनको निर्देशन रहेको फिल्ममा सारा र प्रिमतलाई रोमान्टिक जोडीका रुपमा देख्न सकिनेछ।

अष्टको यो डेब्यू फिल्म हो। यसअघि उनी द्वन्द निर्देशनका रुपमा काम गर्दै आएका थिए। प्रितमको पनि यो डेब्यू फिल्म हो।

यो फिल्ममा सारा र प्रितमसँगै सरोज खनाल, हिउँवाला गौतम, कविर खड्का, रोहन शाही, निरुता स्याङताङ, कन्चन चालिसे, सुस्मिता बराल, इभा श्रेष्ठ, अमोद भट्ट, आइपी आचार्य, ऋचा शर्मा र अमेश न्यौपानेलाई पनि देख्न सकिनेछ।

राजु श्रेष्ठको छायाँकन, बिपिन मल्लको सम्पादन, कबिराज गहतराजको नृत्य रहेको फिल्ममा कल्याण सिंह, अर्जुन पोखरेल र करणराज कार्कीले संगीत भरेका छन्। यो फिल्मको काठमाडौ, पोखरा, जोमसोममा छायाँकन भएको छ।

एएच इन्टरटेनमेन्टको ब्यानरमा सुनिता शाहीले निर्माण गरेको फिल्म हिराकृष्ण शाहीले प्रस्तुत  गरेका हुन्।

प्रकाशित मिति: १८:१४ बजे, शुक्रबार, कात्तिक २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्