Kathmandu Press

दुई अर्ब डलरको सरसफाइ तथा स्वच्छता कोष सुरु हुँदै

काठमाडौं, कात्तिक २८ : सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका क्षेत्रमा सहयोग पुर¥याउने उद्देश्इले अर्को साता ‘सरसफाइ तथा स्वच्छता कोष’ सुरुआत गर्न लागिएको छ।यो...
दुई अर्ब डलरको सरसफाइ तथा स्वच्छता कोष सुरु हुँदै

काठमाडौं, कात्तिक २८ : सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका क्षेत्रमा सहयोग पुर¥याउने उद्देश्इले अर्को साता ‘सरसफाइ तथा स्वच्छता कोष’ सुरुआत गर्न लागिएको छ।

यो कोषको मंसिर २ गते अनलाइनमार्फत कोषको उद्घाटन गर्न लागिएको छ। करिब दुई अर्ब अमेरिकी डलरको यो कोषबाट पाँच वर्षसम्म सरसफाइ, स्वच्छता र महिनावारी स्वास्थ्यका क्षेत्रमा काम गरिने जनाएको छ।

सरसफाइ तथा स्वच्छता कोषले विज्ञप्ति जारी गरि मंसिर २ गते कोषको औपचारिक उद्घाटन गर्न लागिएको जनाएको छ। यस अवसरमा राष्ट्रसंघका उपमहासचिव अमिना जे.मोहम्मदले सरसफाइ तथा स्वच्छताको भरपुर पहुँच पाउन नसकिरहेको जोखिमयुक्त बर्गकै कारण आर्थिक र स्वास्थ्य सुरक्षाका क्षेत्रमा चुनौती बढेको देखिने उल्लेख गर्दै सरसफाइ तथा स्वच्छताका क्षेत्रमा लगानी अभिबृद्धि हुनुपर्ने बताएकी छिन् ।

कोषको उद्घाटन समारोहमा नाइजेरियाका उपराष्ट्रपति येमी ओसिनबाजो, युनिसेफ कार्यकारी निर्देशक हेनरिता फोर, राष्ट्रसंघीय प्रोजेक्ट सर्भिसकी कार्यकारी निर्देशक गैट फरेमो, युएन–वाटर अध्यक्ष तथा कृषि विकास अन्तर्राष्ट्रिय कोषका सभापति गिल्बर्ट होउंग्बो, विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा.सुजाना जाकब र सरसफाइ तथा स्वच्छता कोषका महानिर्देशक डोमिनिक ओ’निल समेत सहभागी हुने भएका छन्।

अहिले संसारभरका चार अर्ब मानिस स्वच्छता तथा सरसफाइको आधारभुत अधिकारबाट वन्चित रहेको अनुमान गरिएको छ। त्यस्तै, तीन अर्ब मानिस हात धुने सुविधाबाट वन्चित छन् भने कुल जनसंख्यामा १० प्रतिशत मानिस अझै पनि खुला सौचालयको प्रयोगमा अभ्यस्त छन्।

कोषले उल्लेख्य परिणाम प्राप्तीका लागि बृहत रुपमा लगानी प्रवाह गर्ने जनाएको छ। त्यस्तै, आधारभुत समाजिक तथा मानव अधिकार गतिबिधिमा परिवर्तन ल्याउन मद्दत पुर्याउने विश्वास गरिएको छ।

प्रकाशित मिति: १६:०२ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्