Kathmandu Press

पत्रकार सुनिल कोइरालाको तिहार गीत सार्बजनिक (भिडियो) 

काठमाडौं, कात्तिक २८ : पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीत सार्बजनिक गरेका छन् । लामो समय पत्रकारिता पेशामा आबद्ध रहेका कोइराला पछिल्लो समय...
पत्रकार सुनिल कोइरालाको तिहार गीत सार्बजनिक (भिडियो) 

काठमाडौं, कात्तिक २८ : पत्रकार तथा गीतकार सुनिल कोइरालाको तिहार गीत सार्बजनिक गरेका छन् । लामो समय पत्रकारिता पेशामा आबद्ध रहेका कोइराला पछिल्लो समय गीतसंगीतको क्षेत्रमा समेत सक्रिय रहेका कोइरालाले तिहार गीत सार्बजनिक गरेका हुन् ।

प्रज्ञाश्वरी रेकर्डिङ्गको आधिकारीक युट्युब च्यानलबाट सार्वजनिकगरिएको भिडियो नेपालको काठमाडौं र भारतको सिलगुरी गरी दुई ठाउँमा छायाँकन गरिएको छ । आजभन्दा ६ वर्ष अगाडि नै रेकर्ड गरीएको गीतलाई यो वर्षमात्र भिडियो निर्माण गरिएको यस गीतका संगीतकार किरण कँडेलले बताए ।

Hardik ivf

तिहारमा बज्ने एउटै प्रकृतिको गीतभन्दा भिन्न प्रकारको गीत निर्माण गर्न उत्प्रेरित भई यो गीतको श्रृजना गरिएको गीतकार कोइरालाले बताए । एउटै गीतमा देउसी र भैलो मिश्रित गीत निकै कम बनेकोले यो गीतलाई फरक र मौलीक रुपमा निर्माण गर्न कोसिस गरिएको छ ।

गीतमा किरण कँडेल, सुरज कुमार थापा, निकिता थापा, अनुष्का पाठकको स्वर रहेको छ भने भिडियोको निर्देशन शिवु श्रेष्ठले गरेका छन् । गीतकार कोइरालाले यसअघि रचना गरेका राष्टिय गीत र आधुनिक गीतले लोकप्रियता कमाईसकेका छन् । 

प्रकाशित मिति: १४:०० बजे, शुक्रबार, कात्तिक २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्