Kathmandu Press

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघ्यो 

काठमाडौं, कात्तिक २८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१...
भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघ्यो 

काठमाडौं, कात्तिक २८ : भारतमा कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २८ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा थप ५२१ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार ६८६ पुगेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४३ हजारभन्दा बढी संक्रमित भएका छन् । थप ४३ हजार ८६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८७ लाख २७ हजार ९०० पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८१ लाख १३ हजार ३४५ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति: १३:०६ बजे, शुक्रबार, कात्तिक २८, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्