परिचयपत्र छपाइको काम समयमै सक्न गृहमन्त्रीको निर्देशन
काठमाडौं, कात्तिक २७ : गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका...
काठमाडौं, कात्तिक २७ : गृहमन्त्री रामबहादुर थापाले राष्ट्रिय परिचयपत्रको विवरण संकलन र छपाइको काम तोकिएकै मितिमा सम्पन्न गर्ने गरी काम अघि बढाउन मातहतका निकायलाई निर्देशन दिएका छन्।
गृह मन्त्रालयमा बिहीबार राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री थापाले सरकारी लक्ष्य पुरा गर्ने गरी कर्ययोजना बनाएर लागू गर्नसमेत आग्रह गरेका हुन्।
उनले भने, “तीन वर्षभित्र सबैलाई परिचयपत्र वितरण गरिसक्ने हाम्रो लक्ष्य हो, एक वर्ष सकिन लाग्यो अबको बाँकी समयमा सबै काम सम्पन्न गर्नुहोस्।” मन्त्री थापाले सूचना प्रविधिको भरपुर उपयोग गरी कार्य अघि बढाउन कर्मचारीलाई आग्रह गरे।
सरकारले तीन वर्षभित्र राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने लक्ष्य राखेको छ। कार्यक्रममा अनलाइनमार्फत देशभरबाट प्रमुख जिल्ला अधिकारीको समेत सहभागिता थियो।











