Kathmandu Press

मुलुक अब आर्थिक समृद्धिको दिशामा : अर्थमन्त्री पौडेल

काठमाडौं, कात्तिक २७ : अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक परिवर्तनको कोर्स पूरा भएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन्।   नेपाल निर्माण व्यवसायी...
मुलुक अब आर्थिक समृद्धिको दिशामा : अर्थमन्त्री पौडेल

काठमाडौं, कात्तिक २७ : अर्थमन्त्री विष्णु पौडेलले राजनीतिक परिवर्तनको कोर्स पूरा भएकाले मुलुक अब आर्थिक समृद्धिको दिशामा रहेको बताएका छन्।   

नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलसँग बिहीबार भएको भेटमा उनले निर्माण व्यवसायीका मागबारे अध्ययन गरी उचित कदम चाल्ने प्रतिबद्धता जनाए। नेपालका निर्माण परियोजनालाई तयारी र कार्यान्वयन चरणका गरी दुई भागमा वर्गीकरण गर्न सकिने मन्त्री पौडेलले बताए।  

“निर्माण उद्योगलाई व्यवस्थित गर्नुपर्छ, यस उद्योगबाट मेरो पनि अपेक्षा छ, निर्माण परियोजना उचित लागतमा निर्धारित समयमै गुणस्तरीय रुपमा सकिनुपर्छ, सरकार र निर्माण व्यवसायी दुवै पक्ष मिलेर निर्माण उद्योगको विकास गर्नुपर्छ”, उनले भने।    

महासंघ अध्यक्ष रवि सिंह नेतृत्वको प्रतिनिधिमण्डलले निर्माण व्यवसाय क्षेत्रमा कोभिड–१९ ले पारेको प्रभाव र समाधानका उपायका बारेमा अर्थमन्त्री पौडेललाई जानकारी गराएको थियो।

लामो समयसम्मको बन्दाबन्दीका कारण निर्माण क्षेत्र प्रायः बन्द रहेको र आउने चाडपर्व पश्चात् समेत निर्माण शुरु हुने निश्चित नभएको हुँदा त्यस अवधिसम्मको घर भाडा, बैंकको किस्ता, ब्याज, कर्मचारीको तलब आदि ओभरहेडका खर्चले गर्दा निर्माण क्षेत्रमा नगद प्रवाह कम रहेको जानकारी महासंघले गराएको छ। रासस

प्रकाशित मिति: ०१:४३ बजे, शुक्रबार, कात्तिक २८, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्