गण्डकीमा थपिए दुई सय जना कोरोना संक्रमित
पोखरा, कात्तिक २७ : गण्डकी प्रदेशमा थप दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। बिहीबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप दुई सय...
पोखरा, कात्तिक २७ : गण्डकी प्रदेशमा थप दुई सय जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा गण्डकी प्रदेशमा थप दुई सय जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए।
पछिल्लो २४ घण्टामा ९ जना संक्रमित निको भएर घर फर्किएका छन् भने एक जनाको मृत्यु भएको छ। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ९ हजार ९०३ पुगेको छ।
गण्डकी प्रदेशमा अहिलेसम्म कोरोना संक्रमणबाट ११४ जनाको मृत्यु भएको छ।
प्रकाशित मिति: ००:४४ बजे, शुक्रबार, कात्तिक २८, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)

