Kathmandu Press

गायिका कुन्ति मोक्तानले तिहारको अवसरमा ल्याइन् ‘भैलीनी’ गीत

काठमाडौं, कात्तिक २७ : गायिका कुन्ति मोक्तानको तिहारको अवसरमा ‘भैलीनी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ।तिहारको विषेश महत्व दिइएको उक्त गीतमा उनको दुई...
गायिका कुन्ति मोक्तानले तिहारको अवसरमा ल्याइन् ‘भैलीनी’ गीत

काठमाडौं, कात्तिक २७ : गायिका कुन्ति मोक्तानको तिहारको अवसरमा ‘भैलीनी’ बोलको गीत युट्युवमा सार्वजनिक भएको छ।

तिहारको विषेश महत्व दिइएको उक्त गीतमा उनको दुई छोरीले शितल र सिवानीले साथ दिएका छन्। तिहारमा रौनक ल्याउने सयपत्री फुल, मखमली, झिलिमिली, सोरठी भाखा, जोर मादल शब्दले गीतमा मौलिकता भल्किएको छ।  

गीतमा संगितकार तथा गितकार शिला बहादुर मोक्तानको शब्द रहेको छ।  तिहार पर्वलाई आधुनिकताको नाममा विकृती भित्र्याउन थालेको समाजलाई उनको यस गीतले पारस्परितकता र साधारण पक्षलाई उजागर गरेको छ। 

कुन्ति मोक्तानले कोभिड –१९ सुरु भएदेखि नै चार्डवाड अनुसारको गीतहरु प्रस्तुत गर्दै आएकी छिन्। गीत कुन्ति मोक्तान अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो। 

प्रकाशित मिति: २२:५७ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्