Kathmandu Press

भैरहवामा नयाँ एनसेल सेन्टर संचालन

काठमाडौं, कात्तिक २५ : एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । भैरहवाको...
भैरहवामा नयाँ एनसेल सेन्टर संचालन

काठमाडौं, कात्तिक २७ : एनसेल आजियाटा लिमिटेडले आफ्नो ग्राहक सेवालाई थप सहज तथा परिस्कृत बनाउँदै भैरहवामा सुविधासम्पन्न एनसेल सेन्टर संचालनमा ल्याएको छ । 

भैरहवाको मिलनचोक–५ स्थित कोइराला कम्प्लेक्समा स्थापित गरिएको एनसेल सेन्टरमा कोरोना नियन्त्रणका लागि सरकारद्वारा निर्धारित स्वास्थ्य सुरक्षाका सम्पुर्ण मापदण्डहरु पालना गरिएको छ । यस सेन्टरमा ग्राहकले एनसेलका सेवा तथा सुविधाहरुका बारेमा सोधपुछ गर्न, सिम खरिद गर्न, इन्टरनेट सेटिङ्गको जानकारी लगायत विभिन्न कर्पोरेट सेवाहरु समेत लिन सक्ने व्यवस्था गरिएको छ ।

साथै ग्राहकहरुले यस सेन्टरबाट आफ्नो सिम फोरजीमा अपग्रेड गर्न, सिम तथा मोबाइल नम्बर परिवर्तन गर्न, सियुजी नम्बरहरु र विज प्लानहरु बदल्न, अन्तर्राष्ट्रिय रोमिङ्ग सुचारु गर्न, बिल तिर्न, रिचार्ज कार्ड खरिद र ब्यालेन्स ट्रान्सफर गर्न लगायतका अन्य ग्राहक सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

नयाँ सेन्टर संचालनको अवसरमा विभिन्न सेवाको लागि सेन्टर आएका ग्राहकले कार्तिक ३० गते सम्म विभिन्न भोलुमको डेटा प्याक उपहार स्वरुप प्राप्त गर्ने व्यवस्था रहेको एनसेलले जनाएको छ । 

यस्तै भैरहवाको एनसेल सेन्टरबाट सिम कार्ड खरिद गर्ने ग्राहकले १ जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् । प्राप्त डेटा भोलुम बिहान ५ बजे देखि बेलुका ५ बजे सम्म ७ दिनसम्म मान्य रहनेछ । साथै सेन्टरबाट दुई सय रुपैयाँको ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले पनि ७ दिनका लागि मान्य हुने गरी एक जीबी डेटा भोलुम निःशुल्क पाउनेछन् ।

यसबाहेक सेन्टरबाट पाँच सय रुपैयाँ रिचार्ज गर्दा एक जीबी डाटा र एक हजार रुपैयाँको रिचार्ज गर्दा दुई जीबी डाटा प्राप्त गर्न सक्नेछन् । जुन ३० दिनको लागि मान्य हुनेछ । ग्राहकले यस सेन्टरबाट हप्ताको सातै दिन बिहान ९ बजे देखि ५ः३० बजे सम्म सेवा लिन सक्नेछन् ।
आफ्नो ग्राहक सेवालाई अझ सहज तथा सर्वसुलभ बनाइ उत्कृष्ट ग्राहक अनुभव प्रदान गर्न एनसेलले देशका विभिन्न भागमा अहिले सम्म ३१ वटा एनसेल सेन्टरहरु संचालन गरिसकेको छ ।
 

प्रकाशित मिति: १७:५३ बजे, बिहीबार, कात्तिक २७, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्