Kathmandu Press

साहित्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

सिन्धुपाल्चोक, कात्तिक २७ : साहित्यकार चन्द्रप्रसाद न्यौपाने ‘महाकवि देवकोटा पुरस्कार’ प्रदान गरिने भएको छ। नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा...
साहित्यकार न्यौपानेलाई देवकोटा पुरस्कार

सिन्धुपाल्चोक, कात्तिक २७ : साहित्यकार चन्द्रप्रसाद न्यौपानेलाई ‘महाकवि देवकोटा पुरस्कार’ प्रदान गरिने भएको छ। नेपाली वाङ्मय प्रतिष्ठानले नेपाली महाकाव्य सिर्जना र प्रकाशनका क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएवापत न्यौपानेलाई पुरस्कृत गर्ने निर्णय गरेको हो।

विसं २०२४ कात्तिक २८ गते सिन्धुपाल्चोकको फुल्पिङकोट, कल्लेरी (हाल बलेफी गाउँपालिका २) मा जन्मिएका न्यौपानेका दर्जन हाराहारी महाकाव्य प्रकाशित छन्। ‘चन्द्रयुग’ बृहत्तर महाकाव्य रचना र प्रकाशनपछि थप चर्चामा रहेका छन्।

Hardik ivf

लोकभाकाको ‘पालुवा’ खण्डकाव्य प्रकाशन गरेर साहित्य यात्रा सुरु गरेका न्यौपानेका कथा, निबन्ध, नियात्रा, कवितासङ्ग्रह, समालोचना, उपन्यासलगायत चार दर्जनभन्दा बढी कृति प्रकाशित छन्। न्यौपानेले नेपाली साहित्यका महाकाव्यकार र महाकाव्यको गहिरो अध्ययन अनुसन्धानसमेत गरेका छन्।

लामो समयसम्म शिक्षण पेशामा रहेका न्यौपानेले छन्दोबद्ध कविता, नयाँ छन्दकै सिर्जना र मौलिकताका कारण नेपाली साहित्यमा अलग्गै स्थान बनाउन सफल भई यसअघि पनि थुप्रै सम्मान एवम् पुरस्कार प्राप्त गरेका छन्।

प्रतिष्ठानका अध्यक्ष शैलेन्दुप्रकाश नेपालले दश हजार राशिको पुरस्कार वातावरणानुकूल भएपछि समारोह आयोजना गरी न्यौपानेलाई हस्तान्तरण गरिने बताए।

प्रकाशित मिति: १७:४१ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्