Kathmandu Press

हेडर गोलमा रोनाल्डोको कीर्तिमानी!

काठमाडौं, वैशाख २१ : पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले करियरकै सयौं हेडर गोल गरेका छन्।  

रोनाल्डो....

हेडर गोलमा रोनाल्डोको कीर्तिमानी!

काठमाडौं, वैशाख २१ : पोर्चुगलका कप्तान तथा युभेन्ट्सका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले करियरकै सयौं हेडर गोल गरेका छन्।  

रोनाल्डोले टोरिनोविरुद्धको खेलमा आफ्नो करियरको १०० औं हेडर गोल पूरा गर्न सफल भएका हुन्।  सिरी ‘ए’ अन्तर्गतको खेलमा सुरुवाती अग्रता भने टोरिनोले लिएको थियो। १–० ले पछि परेको युभेन्ट्सलाई रोनाल्डोले हारबाट मात्रै जोगाएनन् आफ्नो करियरको १०० औं हेडर गोल पनि पूरा गरे। खेलको ८४ औं मिनेटमा लियोनार्डोको उपलब्ध गराएको क्रशमा रोनाल्डोले हेडर गोल गरेका थिए।

यसअघि गत आइतबार इन्टर मिलानविरुद्ध गोल गर्दै क्लब करियरको ६०० औं गोल पूरा गरेका थिए। रियल मड्रिडबाट युभेन्ट्स आएको पहिलो सिजन नै रोनाल्डोले ४० खेल खेल्दै २७ गोल गरिसकेका छन् भने १३ वटा गोलका लागि अरुलाई अवसर सिर्जना गरिदिएका छन्। 

हेर्नुस् रोनाल्डोको सयाैं हेडर गोल: 
 

प्रकाशित मिति: १३:४३ बजे, शनिबार, वैशाख २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्