पाँच लाखसहित २४ जुवाडे पक्राउ
चितवन, कात्तिक २७ : जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेको छ। उनीहरुलाई भरतपुर महानगरपालिका–५...
चितवन, कात्तिक २७ : जिल्ला प्रहरी कार्यालय चितवनले पाँच लाख १७ हजार १७५ रुपैयाँसहित २४ जना जुवाडे पक्राउ गरेको छ। उनीहरुलाई भरतपुर महानगरपालिका–५ कैलाशनगरबाट बुधबार राति पक्राउ गरिएको हो।
स्थानीय सुनिलकुमार क्षेत्रीको कुखुराको खाली खोरमा कौडा खेलिरहेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो। उनीहरुको साथबाट १६ थान कौडासमेत बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरुलाई जुवा ऐनअन्तर्गत कारवाही गरिने कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए।
प्रकाशित मिति: १७:१४ बजे, बिहीबार, कात्तिक २७, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![हनुमानढोकास्थित दशैं घरमा राखियो जमरा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/cover-1791704315.jpg)
