Kathmandu Press

युभेन्ट्सलाई हारबाट जोगाए रोनाल्डोले

काठमाडौं, वैशाख २१ : सिरी ए फुटबलमा च्याम्पियन बनिसकेको युभेन्ट्स सहरी प्रतिद्वन्द्वी टोरिनोसँग बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा य....

युभेन्ट्सलाई हारबाट जोगाए रोनाल्डोले

काठमाडौं, वैशाख २१ : सिरी ए फुटबलमा च्याम्पियन बनिसकेको युभेन्ट्स सहरी प्रतिद्वन्द्वी टोरिनोसँग बराबरीमा रोकिएको छ।

गएराति भएको खेलमा युभेन्ट्स टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो।  खेलमा सुरुवाती अग्रता भने टोरिनोले लिएको थियो। खेलको १८ औं मिनेटमा सासा लुकिजले गोल गर्दै टोरिनोलाई सुरुवाती अग्रता दिलाएका थिए। 

तर, खेलको ८४ औं मिनेटमा क्रिष्टियानो रोनाल्डोले गोल गर्दै खेल युभेन्ट्सलाई हारबाट जोगाएका थिए। जितसँगै युभेन्ट्सले ३५ खेलबाट ८९ अंक जोड्दा छैटाैं स्थानमा रहेको टोरिनोको ५७ अंक छ।

प्रकाशित मिति: १३:२८ बजे, शनिबार, वैशाख २१, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्