Kathmandu Press

‘एक्सन रुम’ प्रभावकारी बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं, कात्तिक २६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिएका छन्।बुधबार प्रधानमन्त्री...
‘एक्सन रुम’ प्रभावकारी बनाउन उपप्रधानमन्त्री पोखरेलको निर्देशन

काठमाडौं, कात्तिक २६ : उपप्रधानमन्त्री ईश्वर पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको ‘एक्सन रुम’को निरीक्षण गरी यसलाई प्रभावकारी सञ्चालन गर्न निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका मन्त्री पोखरेलले ‘एक्सन रुम’बाट हाल भइरहेका गतिविधि, सञ्चालनमा देखापरेका समस्या र प्रभावकारी कामका लागि तत्काल सुधार गर्नुपर्ने सवालबारे चासो दिएका हुन्। उनले राष्ट्रिय गौरवका आयोजनाको अनुगमन, रिपोर्टिङ तथा अन्य देखापरेका समस्या समाधानका लागि एक्सन रुमको उपयोग गरिने बताए। 

कर्मचारीलाई निर्देशन दिँदै उपप्रधानमन्त्री पोखरेलले भने, “नतिजामुखी परिणाम दिनेगरी तत्काल समस्या समस्याको समाधानसहित एक्सन रुमको प्रभावकारी सञ्चालन गर्ने कार्ययोजना बनाउनुस्।” 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अन्तर्गतको नतिजा व्यवस्थापन क्षेत्र हेर्ने सचिव डा. तीर्थ ढकालले ‘एक्सन रुम’का बारेमा उपप्रधानमन्त्री पोखरेलले जानकारी गराएका थिए।
 

प्रकाशित मिति: ०१:१८ बजे, बिहीबार, कात्तिक २७, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्