Kathmandu Press

चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

भरतपुर, कात्तिक २६ : चितवनमा कोरोना भाइरसको संक्रमणबा६ थप एक जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-२ का ५५ वर्षीय पुरुषको...
चितवनमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
चितवन मेडिकल कलेज, भरतपुर।

भरतपुर, कात्तिक २६ : चितवनमा कोरोना भाइरसको संक्रमणबा६ थप एक जनाको मृत्यु भएको छ। 

चितवन मेडिकल कलेजमा उपचाररत भरतपुर महानगरपालिका-२ का ५५ वर्षीय पुरुषको बुधबार मृत्यु भएको हो।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालका अनुसार कात्तिक २० गते निमोनियाका कारण उपचारका लागि भर्ना भएका ती पुरूषमा कात्तिक २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो।

कोरोना संक्रमण पुष्टि भएसँगै अस्पतालको कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको मृत्यु भएको निर्देशक डा. लम्सालले जानकारी दिए। योसँगै चितवनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७९ पुगेको छ।

प्रकाशित मिति: २१:२१ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्