Kathmandu Press

जुवाको खालबाट दुई लाखसहित आठ पक्राउ

नवलपरासी, कात्तिक २६ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास...
जुवाको खालबाट दुई लाखसहित आठ पक्राउ

नवलपरासी, कात्तिक २६ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा जुवाको खालबाट नगदसहित प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जिल्लाको कावासोती नगरपालिका–१५ गोडारमा मीनराज महतोको घरमा तास खेलिरहेको अवस्थामा एक लाख ८६ हजार ९०५ रुपैयाँसहित आठ जुवाडेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

कार्यालयका सूचना अधिकारी विशाल तामाङका अनुसार आज बिहान करिब १ः३० बजे तीन बुक ताससहित जुवाडे पक्राउ परेका हुन्। पक्राउ पर्नेहरुमा जिल्लाको देवचुली–११ का ३६ वर्षीय लीलबहादुर राना, कावासोती–१५ का २७ वर्षीय युवराज महतो, ४२ वर्षीय मीनबहादुर थारू, २६ वर्षीय रुमेश महतो, कावासोती–१७ का ३३ वर्षीय मधु मगर र ३३ वर्षीय डिल्लीराज भण्डारी, कावासोती–८ का ३५ वर्षीय जितेन्द्र शाह, बुलिङटार–४ का ३० वर्षीय छालबहादुर मुम्मी रहेका तामाङले जानकारी दिए।

पक्राउ परेका आठै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद ५ को दफा १२५ बमोजिम कसुरअन्तर्गत अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १९:३८ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्