Kathmandu Press

रसुवागढी भन्सारबाट एक अर्ब राजश्व  असूली

रसुवा, कात्तिक २६ : नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ। कोभिड– १९ का...
रसुवागढी भन्सारबाट एक अर्ब राजश्व  असूली

रसुवा, कात्तिक २६ : नेपालको उत्तरी नाका रसुवागढीबाट आयात हुने सामग्रीको परिमाण बढेसंँगै भन्सार असूलीमा क्रमिक सुधार आउन थालेको छ। कोभिड– १९ का कारण बन्द अन्तरराष्ट्रिय रसुवागढी नाका गत असारदेखि पुनः सञ्चालनमा आएपछि चीनबाट आयात हुने मालसामग्रीको परिमाण केही मात्रामा बढ्न थालेको रसुवा भन्सार कार्यालय टिमुरेले जनाएको छ।
 
आयातिन सामानको परिमाण बढेसँंगै चालु आर्थिक वर्षको गत साउनदेखि हालसम्म भन्सार शुल्कवापत करिब एक अर्ब रुपैयाँ राजश्व संकलन भएको  प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काले जानकारी दिए। आयात भएका सामग्रीमा जुत्ता, चप्पल, तयारी पोशाक, शिशुका खेलौना, विद्युत्का उपकरणलगायत छन्।

चिनियाँ व्यवसायीले दैनिक पाँच ठूलो टे«लरमार्फत  मितेरी पुलसम्म मालसामग्री ल्याउने गरेको जनाइएको छ। दैनिक स्वास्थ्य परीक्षण एवं सामाजिक दूरीको पालना गराई नेपाली कन्टेनरमा सामान लाद्न र रसुवागढीदेखि टिमुरेमा रहेको भन्सार हातासम्म कन्टेनर ल्याउन मजदूर  तथा चालकको व्यवस्था गरिएको भन्सार कार्यालयले जनाएको छ। सामान लाद्नका लागि ३३ मजदूर एवं कन्टेनर सञ्चालन गर्न १७  चालकको व्यवस्था मिलाइएको छ।

केरूङदेखि रसुवागढीसम्म सामान ढुवानी गर्ने चिनियाँ भन्सार प्रतिनिधिले चर्को भाडा असुल्ने गरेका कारण व्यवसायी मर्कामा परेको गुनासो बढेको छ। रसुवागढी नाका पुनःसञ्चालनमा आएसंँगै चिनियाँ ढुवानीकर्ताले कायम गरेको केरूङदेखि रसुवागढीसम्मको भाडादर पछिल्लो समयमा भारी मात्राले वृद्धि गरेको हुँदा पुनरवलोकनका लागि पहल गरिदिन सम्बन्धित  निकायसमक्ष आग्रह गरिएको स्थानीयवासी सुनामवाङ्दी तामाङले बताए।

प्रकाशित मिति: १९:०९ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्