Kathmandu Press

त्रिविको स्नातक तह चौथो वर्षको परीक्षा मंसिर २८ देखि हुने

काठमाडौं, कात्तिक २६ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका स्नातक तह चौथो वर्षका परीक्षा मंसिर २८ गतेदेखि गर्ने भएको छ।त्रिविले सूचना...
त्रिविको स्नातक तह चौथो वर्षको परीक्षा मंसिर २८ देखि हुने

काठमाडौं, कात्तिक २६ : त्रिभुवन विश्वविद्यालयले कोरोना भाइरसको महामारीका कारण रोकिएका स्नातक तह चौथो वर्षका परीक्षा मंसिर २८ गतेदेखि गर्ने भएको छ।

त्रिविले सूचना प्रकाशित गरि परीक्षा तालिका सार्वजनिक गरेको छ। यस पटक विद्यार्थीले घर पायक पर्ने परीक्षा केन्द्रबाट स्तानक तह चौथो वर्षको परीक्षा दिन पाउने भएका छन्।

त्रिवि परीक्षा नियन्त्रण कार्यालयले विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन र शिक्षाशास्त्र संकायको परीक्षा तालिका सार्वजनिक गरेको छ। जसमा चारवर्षे बीएससी, बीबीएस र बीएड चौथो वर्षको नियमित तथा आंशिक परीक्षाको कार्यतालिका रहेको छ।

परीक्षा बिहान ८ बजेदेखि हुनेछन्। विद्यार्थीले आफ्नो पायक पर्ने परीक्षा केन्द्र रोज्न सक्नेछन्। यसका लागि अनलाइन आवेदन माग गरिएको छ।

त्रिविका अनुसार चौथो वर्षको परीक्षामा सहभागी हुने विद्याथीको संख्या एक लाख रहेको छ। अहिलेसम्म तीन हजारले मात्रै घर पायक केन्द्रबाट परीक्षा दिन आवेदन दिएका छन्।

त्यस्तै, चिकित्सा शिक्षा, इन्जिनियरिङलगायत डिन कार्यालयबाट सञ्चालन हुने परीक्षाको तयारी पनि सुरु भएको त्रिविले जनाएको छ। ति परीक्षा पनि मंसिर अन्तिम साता वा पुस पहिलो साताबाट गर्ने तयारी छ।

यसअघि शिक्षा मन्त्रालयले कक्षा ११ र १२ को परीक्षा पनि कोरोनाका कारण परिमार्जन गरिएको थियो। कक्षा ११ को अन्तरिक मूल्यांकन गरिएको थियो भने कक्षा १२ को आन्तरिक मूल्यांकन र अनलाइनमाफर्त दिने व्यवस्था गरिउको छ। कक्षा १२ को परीक्षा मंसिर ९ गतेदेखि सञ्चालन हुँदै छ।

 

प्रकाशित मिति: १८:३० बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्