Kathmandu Press

मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनःप्रकाशित

काठमाडौं, कात्तिक २६ : मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ पुनःप्रकाशित भएको छ।नेपालयले नयाँ कलेबरका साथ कोइरालाको निबन्ध संग्रह पुनःप्रकाशित गरेको हो। यो...
मातृकाप्रसाद कोइरालाको ‘कोशीको कथा’ पुनःप्रकाशित

काठमाडौं, कात्तिक २६ : मातृकाप्रसाद कोइरालाको निबन्ध संग्रह ‘कोशीको कथा’ पुनःप्रकाशित भएको छ।

नेपालयले नयाँ कलेबरका साथ कोइरालाको निबन्ध संग्रह पुनःप्रकाशित गरेको हो। यो पुस्तक २०४६ मा प्रतिभा पुरस्कार प्रतिष्ठान, विराटनगरले पहिलो पटक प्रकाशित गरेको गरेको थियो।

Hardik ivf

पुस्तक पुन:प्रकाशित हुन लागेकाेमा काेइरालका छाेरा कमल काेइरालाले खुशी व्यक्त गरे। ‘केही दशकपछि पुस्तकले पाठकसामु आउने बाटो भेटेकोमा मलाई एकदम खुशी लागेको छ,’ किताबका बारेमा दिवंगत लेखक मातृकाप्रसादका छोरा लेखक कमल कोइराला भने।

यसले त्यतिवेलाकाे अवस्था उजागर गर्नेकाे उनकाे विश्वास छ। कमल भन्छन्, ‘यो पुस्तकले कोइराला परिवारको व्यक्तिगत निर्वासनबारे खुलासा गर्छ। त्योभन्दा पनि महत्वपूर्ण यसले कोशी नदीको मानवशास्त्रीय पक्षलाई कोट्याउँदै नदी आसपासका वासिन्दाहरुको कथा भन्नेछ। कोशी उतिबेला बिहारको श्राप थियो, तर अब वरदान भएको कुरा उनीहरू नै बताउँछन्।’

संग्रहमा नौवटा निबन्धहरू कोशीको किनार आसपास घुम्छन् र यदाकदा भारतसम्म पुग्छन् जहाँ परिवारसहित राजनीतिक निर्वासनका बखत लेखकको बाल्यकालको महत्त्वपूर्ण समय गुज्रेको थियो।

सात सालका क्रान्तिताका नेपाली कांग्रेसका ’सुप्रिम कमाण्डर ’ तथा क्रान्तिपछिको गैर राणा सरकारको पहिलो प्रधानमन्त्री मातृकप्रसाद कोइराला साहित्यकारका रूपमा पनि परिचित थिए। पुस्तक कोशी वा पौराणिक कौशिकी नदीवरिपरिका विषयवस्तु र जातिउपर लेखिएका निबन्ध तथा प्रबन्धहरुको संगालो हो।

 

प्रकाशित मिति: १७:५५ बजे, बुधबार, कात्तिक २६, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्