Kathmandu Press

पौडी खेल्दा नदीमा डुबेर किशोरको मृत्यु

म्याग्दी, कात्तिक २६ : म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ।म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर...
पौडी खेल्दा नदीमा डुबेर किशोरको मृत्यु

म्याग्दी, कात्तिक २६ : म्याग्दीको मङ्गला गाउँपालिका–५ छिसवाङमा नदीमा डुबेर एक किशोरको ज्यान गएको छ।

म्याग्दी नदीमा डुबेर बेपत्ता भएका टिकावाङका १६ वर्षीय शङ्कर विकको शव आज बिहान फेला परेको हो। सशस्त्र प्रहरी बल आश्रित गुल्म म्याग्दीका प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङले पोखरास्थित कालिका गणबाट आएको गोटाखोर टोलीले तलाउबाट शंकरको शव निकालेको बताए।

उनका अनुसार १२–१५ फिट गहिरो तलाउबाट शव निकालिएको छ। छिसबाङस्थित म्याग्दी नदीमा सोमबार पौडी खेल्ने क्रममा उनी बेपत्ता भएका थिए।

नेपाल प्रहरी र स्थानीयवासीले खोजी गर्दा नभेटिएपछि गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमार्फत गोटाखोर टोली मगाइएको थियो।

प्रकाशित मिति: १७:१३ बजे, बुधबार, कात्तिक २६, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्