Kathmandu Press

बलिउड निर्माता फिरोज नाडियावालाको घरमा गाँजा भेटियो, पत्नी पक्राउ

काठमाडाैं, कात्तिक २५ : नारकोटिक्स कन्ट्रोल ब्यूरोले फिल्मका निर्माता फिरोज नाडियावालाको श्रीातीलाई पक्राउ गरेको छ। लागू औषधको मुद्दामा गरेको छानबिन गर्दा फिरोजकी पत्नी...
बलिउड निर्माता फिरोज नाडियावालाको घरमा गाँजा भेटियो, पत्नी पक्राउ

काठमाडाैं, कात्तिक २५ : नारकोटिक्स कन्ट्रोल ब्यूरोले फिल्मका निर्माता फिरोज नाडियावालाको श्रीातीलाई पक्राउ गरेको छ।

लागू औषधको मुद्दामा गरेको छानबिन गर्दा फिरोजकी पत्नी शबाना सईदको साथबाट १० ग्राम गाँजा बरामद भएपछि उनलाई पक्राउ गरिएको हो।  एनसीबीले सोधपुछको लागि फिरोजलाई पनि बोलाएको छ। 

Hardik ivf

वेलकम, फिर हेरा फेरी, पागल दीवाना, आवरा जस्ता चर्चित फिल्मका निर्माता रहेका फिरोजको मुम्बईस्थित घरैबाट सईदलाई पक्राउ गरेको हो।
                                                         
एबसीबीले लामो समयदेखि थालेको लागूऔषधको छानबिनमा बलिउडका धेरै कलाकार मुसिदै गएका छन्। एनसीबीले केहि दिन अघि ड्रग्सको कारोबार गर्ने वाहिद अब्दुल कादिर शेखलाई अँधेरीमा गिरफ्तार गरेपछि फिरोजको घरमा खोजतलास गरेको हो। 

एनसीबीले केही दिनअघि मात्र अभिनेता अर्जुन रामपालकी गर्लफ्रेन्ड ग्याब्रिएला र डेमेट्रिएड्सका भाई अगिसिलाओस डेमेट्रिएड्सलाई पनि पक्राउ गरेको थियो। 

प्रकाशित मिति: २२:४४ बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्