तनुश्री दत्ता १० वर्षपछि बलिउडमा फर्किँदै
काठमाडौं, कात्तिक २५ : तनुश्री दत्ता १० वर्षपछि बलिउडमा फर्किने भएकी छन्। उनले आफू बलिउडमा फर्किने घोषणा गरेकी छन्।इन्स्टाग्रममा ताजा फोटो सार्वजनिक गर्दै...
काठमाडौं, कात्तिक २५ : तनुश्री दत्ता १० वर्षपछि बलिउडमा फर्किने भएकी छन्। उनले आफू बलिउडमा फर्किन लागेकाे बताएकी छिन्।
इन्स्टाग्रममा ताजा फोटो सार्वजनिक गर्दै बलिउडमा फर्किन लागेको घोषणा गरेकी हुन्। यसका लागि आफूले १५ किलो तौल घटाएको समेत बताएकी छन्।
तनुश्रीले सन् २०१० मा अपार्टमेन्ट फिल्ममा काम गरेकी थिइन्। त्यसपछि अमेरिका गएकी हुन्।
उनी अमेरिकाको नाभाडामा अमेरिकी सरकारको सुरक्षा क्षेत्रमा कार्यरत छिन्। अहिले नाभाडाबाट लस एन्जेल्स वा न्यूयोर्क सरुवा हुन खोजिरहेकी उनले अझै तीन वर्ष काम नछोड्ने बताएकी छन्।
यहिबीचमा बलिउडमा फर्किने उनको भनाइ छ। केही समयका लागि भारत आउन लागेको र यहि वेला केही प्रोजेक्टमा काम गर्ने उनले बताएकी छन्।
बलिउडका केही खराब मान्छेहरुका कारण अभियन छोडेको उल्लेख गर्दै फेरि फर्किने बताएकी हुन्। उनी गत वर्ष भारतमा मिटू अभियान चलाएर चर्चामा आएकी थिइन्। अभिनेता नानाा पाटेकरले यौन दुव्र्यवहार गरेको उनले आरोप लगाकी थिइन्।












