Kathmandu Press

बसको ठक्करले थानकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं, कात्तिक २५ : बसको ठक्करबाट काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा पैदलयात्रीको मृत्यु भएको छ।आज बिहान साढे ४ बजे नम्बर नखुलेको पहेलेको रंगको...
बसको ठक्करले थानकोटमा पैदलयात्रीको मृत्यु

काठमाडौं, कात्तिक २५ : बसको ठक्करबाट काठमाडौंको चन्द्रागिरी नगरपालिका ५ थानकोटमा पैदलयात्रीको मृत्यु भएको छ।

आज बिहान साढे ४ बजे नम्बर नखुलेको पहेलेको रंगको सार्वजनिक बसले ठक्कर दिँदा तरकारी बेच्न हिँडेका ४० वर्षीय नविन लोहारको मृत्यु भएको छ।

बसले ठक्कर दिएलगत्तै उनलाई ओम समाज अस्पतालमा लगिएको थियो। अस्पताल पुगेको केहीबेरमै मृत्यु भएको प्रहरीले जनाएको छ।

बाजुराका नविन थानकोटमा तरकारी बेच्दै आएका थिए। उनी थानकोटमै बस्ने गरेका थिए।

उनलाई ठक्कर दिने बसको खोजी भइरहेको प्रहरीले जनाएको छ।

 

प्रकाशित मिति: १७:१७ बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्