एकैदिन ३ हजार ४ सय रुपैयाँले घट्यो सुनको मूल्य
काठमाडौं, कात्तिक २५ : तिहार नजिकिएसँगै उकालो लागेको सुनको मूल्य मंगलबार भने एकाएक घटेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य...
काठमाडौं, कात्तिक २५ : तिहार नजिकिएसँगै उकालो लागेको सुनको मूल्य मंगलबार भने एकाएक घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला तीन हजार चार सय रुपैयाँले घटेको छ। सोमबार ९८ हजार दुई सय रुपैयाँमा कारोबार भएको भएको थियो भने आज ९४ हजार आठ सय रुपैयाँमा झरेको छ।
त्यस्तै, तेजाबी सुनको मूल्य पनि तीन हजार चार सय रुपैयाँले घटेको छ। सोमबार ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज ९४ हजार तीन सयमा कारोबार भइरहेको महासंघले जनाएको छ।
महासंघका अनुसार चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार प्रतितोला एक हजार दुई सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार दुई सय १५ मा कारोबार भइरहेको छ।
प्रकाशित मिति: १७:०८ बजे, मंगलबार, कात्तिक २५, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
