Kathmandu Press

 ‘मैले बुझेको गान्धी’ को राष्ट्रपतिद्वारा लोकार्पण

 ‘मैले बुझेको गान्धी’ को राष्ट्रपतिद्वारा लोकार्पण
Hardik ivf

काठमाडौं, कात्तिक २४ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका राष्ट्रपिता महात्मा गान्धीको १५१ औं जन्मजयन्ती तथा ‘महात्माको १५० वर्ष’ स्मरणोत्सवको समापनका अवसरमा  ‘मैले बुझेको गान्धी’ पुस्तकको लोकार्पण गरेकी छिन्।

राष्ट्रपति भण्डारीले राष्ट्रपति भवन, शीतल निवासमा आयोजित कार्यक्रमा नेपालका लागि भारतीय  राजदूत विनय मोहन क्वात्राको उपस्थितिमा पुस्तकको लोकार्पण गरेकी हुन्। दूतावासले विपी कोइराला भारत–नेपाल फाउण्डेसनको सहकार्यमा प्रकाशन गरेको पुस्तकले गान्धीका बारेमा पहिलो पटक नेपाली दृष्टिकोणलाई संकलन गरेको छ।

गान्धीका योगदानबारेमा विविध क्षेत्रका नेपालका २५ प्रतिष्ठित व्यक्तित्वको विचारलाई पुस्तकमा समावेश गरिएको छ। प्रकाशनले नेपालका युवालाई महात्मा गान्धीबारे अझ नजिकबाट बुझ्न सघाउ पुर्‍याउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: ०१:१२ बजे, मंगलबार, कात्तिक २५, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्