Kathmandu Press

रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल, कात्तिक २४ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको...
रुपन्देहीमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

बुटवल, कात्तिक २४ : कोरोना भाइरसको संक्रमणबाट रुपन्देहीमा थप एक जनाको मृत्यु भएको छ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार सैनामैना नगरपालिका–४ की ५६ वर्षीया महिलाको भैरहवास्थित भीम अस्पतालमा मृत्यु भएको हो। उनी मधुमेह रोगबाट पीडित थिइन्।

उनलाई कात्तिक १७ गते कोरोना संक्रमण देखिएको थियो। दुई दिन होम आइसोलेसनमा बसेपछि स्वास्थ्यमा समस्या आएको थियो। त्यसपछि कात्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो।

उनको आईसीयूमा राखेर उपचार भइरहेको थियो। उपचारकै क्रममा आज मृत्यु भएको हो।

आज बिहान बुटवलस्थित कोरोना विशेष अस्पतालमा पनि एक जनाको मृत्यु भएको थियो। रुपन्देहीमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ८१ पुगेको छ।

प्रकाशित मिति: १९:५२ बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्