Kathmandu Press

अर्जुन रामपालको घरमा एनसीबीको छापा

अर्जुन रामपालको घरमा एनसीबीको छापा

मुम्बई, कात्तिक २४ : बलिउड अभिनेता अर्जुन रामपालको घरमा भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी)ले छापा हानेको छ।

अभिनेता सुशान्तसिंह राजपूतको निधनपछि बलिउडमा ड्रग्सको प्रयोगसम्बन्धी छानबिन थालिएको हो। यहि क्रममा अर्जुनको घरमा छापा हानेको भारतीय मिडियाले जनाएका छन्। तर, उनको घरमा केही भेटियो या भेटिएन भन्ने खुलाएको छैन।

यस अघि एनसीबीले अर्जुनकी प्रेमिका गैब्रिएला डेमेट्रिइड्सका भाइलाई पक्राउ गरेको थियो। उनलाई पुर्पक्षका लागि जेल चलान गरेको छ।

उनलाई अदालतले जमानतमा रिहा गरेको थियो। तर, एनसीबीले दोस्रो पटक नियन्त्रणमा लिएको छ। त्यहि अनुसन्धानसको सिलसिलामा अर्जुनको घरमा छापा हानेको जनाएको छ।

एनसीबीले यस अघि रिया चक्रवर्ती, शौविक, दीपेस सावन्त र सैमुअल मिरान्डालाई पनि नियन्त्रणमा लिएको थियो। उनीहरुसँग पनि केही भेटिएको थिएन।

त्यस्तै, एनसीबीले बलिउड निर्माता फिरोज नाडियाडवाला, अभिनेत्रीहरु दीपिका पादुकोण, श्रद्धा कपूर, रासा अली खान, रकुलप्रित सिंहलगायतसँग पनि सोधपुछ गरेको थियो।

 

प्रकाशित मिति: १९:११ बजे, सोमबार, कात्तिक २४, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्