दीपिकाले ट्विटरमा नाम परिवर्तन गरेर राखिन् शान्तिप्रिया
काठमाडौं, कात्तिक २४ : बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो ट्विटरको नाम परिवर्तन गरेकी छन्।दीपिकाले पहिलो फिल्म ओम शान्ति ओममार्फत १३ वर्ष अघि बलिउडमा...
काठमाडौं, कात्तिक २४ : बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो ट्विटरको नाम परिवर्तन गरेकी छन्।
दीपिकाले पहिलो फिल्म ओम शान्ति ओममार्फत १३ वर्ष अघि बलिउडमा डेब्यू गरेकी थिइन्। उनको पहिलो फिल्म आजकै दिन ९ नोभेम्बर २००७ मा रिलिज भएको थियो। त्यसमा उनको नाम शान्तिप्रिया थियो।

उनले आज ट्विटरमा त्यहिँ नाम राखेकी हुन्। उनले ट्विटरमा डिपी पनि परिवर्तन गरेकी छन्।
यो फिल्ममा उनले शाहरुख खानसँग मुख्य भूमिका निभाएकी थिइन्। यहि फिल्मबाट उनलाई बेस्ट डेब्यू अभिनेत्रीको रुपमा फिल्म फेयर अवार्ड मिलेको थियो।
प्रकाशित मिति: १७:५१ बजे, सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार









-1783580717.jpeg)
