तिहार नजिकिएसँगै सुनको मूल्य उकालो, तीन दिन लगातार बृद्धि
काठमाडौं, कात्तिक २४ : तिहार नजिकिएसँगै सुनको मूल्य बढ्न थालेको छ। आज पाँच सय रुपैयाँले बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा...
काठमाडौं, कात्तिक २४ : तिहार नजिकिएसँगै सुनको मूल्य बढ्न थालेको छ। आज पाँच सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापा सुनको मूल्य प्रतितोला ९८ हजार दुई सय पुगेको छ। आइतबार प्रतितोलामा ९७ हजार सात सयमा कारोबार भएको थियो।
त्यस्तै, शुक्रबार सुन प्रतितोला ९७ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो। त्यसअघि बिहीबार ९६ हजार दुई सय रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
सोमबार तेजावी सुन प्रतितोलामा ९७ हजार सात सय रुपैयाँमा कारोबार भएको छ।
चाँदीको मूल्य पनि केही बढेको छ। आइतबार प्रतितोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार दुई सय ८५ रुपैयाँ पुगेको छ।
प्रकाशित मिति: १७:२७ बजे, सोमबार, कात्तिक २४, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार










-1754206481.jpg)
