Kathmandu Press

पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,कात्तिक २३ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला...
पाँच सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं,कात्तिक २३ : नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबारका लागि छापावाला सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ तोकेको छ। 

शुक्रबार छापावाला सुन प्रतितोला ९७ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य प्रतितोला २० रुपैयाँले वृद्धि भई एक हजार २७५ पुगेको छ।

प्रकाशित मिति: २२:०१ बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्