Kathmandu Press

प्रदेश १ मा कोरोना संक्रमितको निः शुल्क उपचार 

मोरङ, कात्तिक २३ : प्रदेश  १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना संक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य...
प्रदेश १ मा कोरोना संक्रमितको निः शुल्क उपचार 

मोरङ, कात्तिक २३ : प्रदेश  १ सरकार, विराटनगर महानगरपालिका र निजी क्षेत्रको ‘नागरिक केयर सेन्टर’ले संयुक्तरुपमा कोरोना संक्रमितहरुलाई सहज उपचार सेवा पु¥याउन स्वास्थ्य केन्द्र सञ्चालनको तयारी गरेका छन्। 

सो केन्द्रको क्षमता एक सय श्यैया हुने र यसमा एचडिओ र अक्सिजनसहितको सेवा हुने जनाइएको छ।  सो उपचार केन्द्र तिहार आगाडि सञ्चालन हुनेछ।

प्रदेश सरकारको दुई करोड, महानगरपालिका २५ लाख र नागरिक समाजको थप लगानीमा विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रको हाताभित्र सुविधासम्पन्न एचडिओ र एयरकन्डिशनसहितको केन्द्र निर्माण द्रुतगतिमा अगाडि बढिरहेको छ।  लक्षणसहितका संक्रमितहरुलाई उपचार केन्द्र राखिने सामाजिक विकास मन्त्रालयले जनाएको छ। 
    
सामाजिक विकासमन्त्री जीवन घिमिरेले आज उपचार केन्द्रको  अनुगमनपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै  निर्माण भइरहेको उपचार केन्द्रबाट संक्रमितहरुको उपचारमा सहज हुने जनाउँदै प्रदेश सरकारद्वारा सञ्चालित सबै अस्पताल र केन्द्रमा संक्रमितको उपचार निःशुल्क हुने बताए। उनले संघीय, प्रदेशले संयुक्तरुपमा यस केन्द्रको हाताभित्र थप एक सय श्ययाको भेन्टिलेटरसहित विशिष्टीकृत सेवासहितको उपचार केन्द्र निर्माणको केही दिनभित्र शुरु गर्ने र झापाको मेची अस्पतालमा ५० श्ययाको भेन्टिलेटरसहितको केन्द्रमा निर्माण भइरहेको जानकारी दिए।

नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश समितिका कार्यवाहक अध्यक्ष राजेन्द्र राउतले नागरिक समाजले संक्रमितको उपचारमा आगामी दिनमा थप सहयोग गर्ने बताए। उनले नयाँ निर्माण हुने भेन्टिलेटर उपचार केन्द्रमा २० श्यैया  सहयोग गरेको जानकारी दिए।

प्रकाशित मिति: २०:३० बजे, आइतबार, कात्तिक २३, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्