एनसेलको कोरोनासम्बन्धी जनचेतना अभियान
भक्तपुर, कात्तिक २३ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन एनसेलले जनचेतना जगाउने अभियान सुरु गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ...
भक्तपुर, कात्तिक २३ : कोरोना भाइरसको संक्रमणबाट जोगाउन एनसेलले जनचेतना जगाउने अभियान सुरु गरेको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरेको छ।
यो अभियानअन्तर्गत कोरोना भाइरसबाट बच्न र बचाउन अपनाउनुपर्ने तीन मुख्य उपायहरु व्यक्ति व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र वेलावेलामा साबुनपानीले मिचिमिची कम्तीमा २० सेकेण्डसम्म हात धुने सन्देशलाई व्यापक बनाइने जनाएको छ।
साथै यस अभियानअन्तर्गत एनसेलले मास्कको सही प्रयोग, मास्क कसरी लगाउने, कस्तो किसिमको मास्क प्रयोग गर्ने भन्ने लगायतका विभिन्न जान्नै पर्ने जानकारीहरु समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाउने कार्य गरिरहेको जनाएको छ।
स्वास्थ्य मन्त्रालय र युनिसेफसँगको सहकार्यबारे एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङ भन्छन्, ‘कोरोनाविरुद्घ एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विषेशज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने मात्र एउटा उदाहरण हो।’
कोरोना भाइरससम्बन्धी जनसचेतना अभिवृद्घि अभियानमा एनसेलले कलाकार सुजल बमको साथ लिई महत्वपूर्ण तीन सन्देशलाई अझै फराकिलो रुपमा समाजमा रहेका सबै बर्गमाझ पु¥याउने काम गरिरहेको जनाएको छ।
यस्तै एनसेलले सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पीपीई, स्वास्थ्य सामग्री, पीसीआर परीक्षण किट खरिद गर्न तथा क्वारेन्टाइनका साथै संक्रमित बिरामीको उपचार गर्न १० करोड रुपैयाँ योगदान गरेको थियो।










-1754206481.jpg)
