Kathmandu Press

अफ्रिकन फिल्म फेस्टिभलमा नेपाली फिल्मलाई दुई अवार्ड

काठमाडौं, कात्तिक २३ : अफ्रिकन फिल्म फेस्टिभलमा नेपाली लघुचलचित्रले दुई अवार्ड जितेको छ।संगीता श्रेष्ठ निर्देशित लघुचलचित्र ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा दुई...
अफ्रिकन फिल्म फेस्टिभलमा नेपाली फिल्मलाई दुई अवार्ड

काठमाडौं, कात्तिक २३ : अफ्रिकन फिल्म फेस्टिभलमा नेपाली लघुचलचित्रले दुई अवार्ड जितेको छ।

संगीता श्रेष्ठ निर्देशित लघुचलचित्र ‘आइसक्रिम’ले ‘अफ्रिका फिल्म फोर इम्प्याक्ट फेस्टिभल’मा दुई विधामा अवार्ड जितेको हो। सडक बालिकामाथि हुने गरेको यौन हिंसाको कथा समेटिएको यो फिल्मले ‘बेस्ट चाइल्ड एक्टर’ र ‘बेस्ट इडिटर’ विधामा अवार्ड जितेको छ।

यो फिल्मले बालिकालाई यौन शोषणबाट कसरी जोगाउन सकिन्छ भन्ने देखाएको छ। नौ मिनेट लामो फिल्ममा सडक बालिकाको पीडा उजागर गरिएको छ।

नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रुपमा आयोजित यो फेस्टिभलमा अवार्ड जितेसँगै अन्य फिल्म फेस्टिभलका लागि पनि यो फिल्म छनोट भएको छ।

बेलायतको ‘फस्ट टाइम फिल्ममेकर सेसन्स’, अमेरिकाको ‘बेस्ट अफ ल्याटिन अमेरिका सर्ट फिल्म फेस्टिभल’, इटालीको ‘इन्टिम्लेन्ट फिल्म फेस्टिभल’ र नेपालको ‘मानवअधिकार फिल्म फेस्टिभल’ पनि यो फिल्म छनोट भइसकेको छ।

 

 

प्रकाशित मिति: १९:५३ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्