Kathmandu Press

दीपिका र रणवीरको डान्स भिडियो भाइरल

काठमाडौं, कात्तिक २३ : बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको डान्सको भिडियो भाइरल भएको छ।रणवीरले सामाजिक सञ्जालमा सेयर गरेको यो भिडियोमा दुवै...
दीपिका र रणवीरको डान्स भिडियो भाइरल

काठमाडौं, कात्तिक २३ : बलिउड अभिनेत्री दीपिका पादुकोण र रणवीर सिंहको डान्सको भिडियो भाइरल भएको छ।

रणवीरले सामाजिक सञ्जालमा सेयर गरेको यो भिडियोमा दुवै जना डान्स गरिरहेको देखाएको छ। टेलिकम कम्पनीको यो विज्ञापन गरिएको भिडियोमा महेन्द्रनसिंह धोनी, विराट कोहली, राहित शर्मा, इशिता दत्ता, वत्सल सेठ पनि रहेका छन्।

लामो समयपछि दीपिका र रणवीर सँगै देखिएका हुन्। लकडाउनयता उनीहरुले सँगै काम गरेका थिएनन्।

अहिलेसम्म यो जोडी थुप्रै हिट फिल्म दिएका छन्। जसमा बाजीराव मस्तनी, रामलीला, फाइडिङ फैनी, पद्मावत छन्।

 

 

प्रकाशित मिति: १९:३८ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्