साथीको हत्या गरी भागेका एक आरोपी पक्राउ
काठमाडौं, कात्तिक २३ : साथीको हत्या गरी फरार रहेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय भीमराज...
काठमाडौं, कात्तिक २३ : साथीको हत्या गरी फरार रहेका एक आरोपीलाई प्रहरीले पक्राउ गरेको छ। मकवानपुरको बकैया गाउँपालिका ४ नयाँदमारका २० वर्षीय भीमराज भोलनलाई प्रहरीले शनिबार साँझ पक्राउ गरेको हो।
शुक्रबार साँझ गाउँकै सिमाद खोला किनारको फुटबल मैदानमा सोही गाउँका २० वर्षीय विकास वाईवा र भोलनको विवाद हुँदा भोलनले विकासमाथि खुकुरी प्रहार गरेका थिए।
घटनापछि भागेका भोलनलाई जिल्लाका सबै नाकामा प्रहरी परिचालन गरेर खोज्ने क्रममा २७ घण्टापछि प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
भोलन भागेर ललितपुरको बागमती गाउँपालिका २ मालटामा पुगेका थिए। स्थानीयले उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीलाई जिम्मा लगाएका थिए।
प्रकाशित मिति: १८:३२ बजे, आइतबार, कात्तिक २३, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











