Kathmandu Press

बैतडीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बैतडी, कात्तिक २३ : बैतडीको दोगडाकेदारमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको...
बैतडीमा बोलेरो दुर्घटना हुँदा एकको मृत्यु, एक घाइते

बैतडी, कात्तिक २३ : बैतडीको दोगडाकेदारमा बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दोगडाकेदार–३ सिल्लेगडाबाट कफलकोटतर्फ गइरहेको ग १ ज ५१९२ नम्बरको बोलेरो गएराति ८ बजेतिर हुलाक भन्ने स्थानमा दुर्घटनामा परेको हो।

दुर्घटनामा दोगडाकेदार गाउँपालिका–२ कफलकोटका ३३ वर्षीय वीरबहादुर कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बैतडीका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।

त्यस्तै, दुर्घटनामा दोगडाकेदार–३ श्रीकोटका २३ वर्षीय दीपक चन्द घाइते भएका छन्। उनी चालक हुन्। उनको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ।

बोलेरोमा दुई जना मात्रै सवार रहेको बताइएको छ। बोलेरो सडकबाट ४० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारण भने खुल्न सकेको छैन। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। (रासस)

प्रकाशित मिति: १६:२८ बजे, आइतबार, कात्तिक २३, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्