Kathmandu Press

जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितु उपाध्याय मनोनीत

काठमाडौं, कात्तिक २२ : नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितेन्द्र उपाध्याय (जितु) मनोनीत भएका छन्। जनसम्पर्क समिति क्यानडाको बैठकले डा. उपाध्यायलाई उपसभापति पदमा...
जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितु उपाध्याय मनोनीत

काठमाडौं, कात्तिक २२ : नेपाली जनसम्पर्क समिति क्यानडाको उपसभापतिमा डा. जितेन्द्र उपाध्याय (जितु) मनोनीत भएका छन्। 

जनसम्पर्क समिति क्यानडाको बैठकले डा. उपाध्यायलाई उपसभापति पदमा मनोनीत गर्ने निर्णय गरेको हो।

जनसम्पर्क समिति क्यानडाले केन्द्रीय समितिको विषेशाधिकार प्रयोग गरी डा. उपाध्यायलाई उपसभापतिमा मनोनीत गरेको समितिका अध्यक्ष वुद्धिप्रकाश ओलीले जानकारी दिए।

उनका अनुसार जनसम्पर्क समितिको अक्टोबर १६ मा बसेको भर्चुअल बैठकको बोर्डको ६ नम्बर निर्णय अनुसार उपसभापतिमा उपाध्यायलाई मनोनीत गरिएको हो। 

उपसभापतिमा मनोनीत भएका डा. उपाध्याय नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन्। खाद्य विज्ञान तथा प्रविधिमा  दक्षिण कोरियाबाट विद्यावारिधि गरेका डा. उपाध्याय हाल क्यानडाको एमसी गिल विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरका रुपमा कार्यरत छन्। 

डा. उपाध्याय सानै उमेरदेखि विद्यार्थी राजनीतिमा लागेका थिए। उपाध्यायले यसअघि नेविसंघका तर्फबाट त्रिचन्द्र क्याम्पसमा स्ववियु सदस्यमा निर्वाचित भएर काम गरिसकेका छन्।
 

प्रकाशित मिति: १९:५४ बजे, शनिबार, कात्तिक २२, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्