Kathmandu Press

७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई जना पक्राउ

बेलकोटगढी, कात्तिक २२ : घुस लिएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जना पक्राउ परेका छन्।घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने...
७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा इञ्जीनियरसहित दुई जना पक्राउ

बेलकोटगढी, कात्तिक २२ : घुस लिएको अभियोगमा नुवाकोटको बेलकोटगढी नगरपालिकामा कार्यरत इञ्जीनियर पर्वत पौडेलसहित दुई जना पक्राउ परेका छन्।

घर निर्माण सम्पन्नताको प्रमाणपत्र दिने क्रममा सेवाग्राहीसँग ७५ हजार रुपैयाँ घुस लिएको अभियोगमा पौडेल र बेलकोटगढी नगरपालिका–८ का नारायण भट्टलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शनिबार बट्टार बजारबाट पक्राउ गरेको हो।

अख्तियारका प्रहरी नायब उपरीक्षक पुष्पराज मल्लका अनुसार सेवाग्राहीसँग घुस लिएलगत्तै पौडेल र भट्टलाई बट्टार बजारस्थित एक होटलबाट पक्राउ गरिएको हो। सेवाग्राहीसँग रकम माग गरेको अडियो रेकर्ड, घटनास्थलमा गरिएको ‘रङ्गेहात परीक्षण’ र अख्तियारमार्फत सेवाग्राहीले दिएको ७५ हजार रुपैयाँ बरामद भएसँगै ‘घुस रिसवत् भ्रष्टाचार’ मुद्दामा कारवाहीका लागि उनीहरुलाई पक्राउ गरिएको छ।

पक्राउ परेकालाई अख्तियारको केन्द्रीय कार्यालय काठमाडौंले कारवाहीका लागि विशेष अदालतबाट हिरासतमा राख्न म्याद लिएर अनुसन्धानपश्चात मुद्दा दायर गर्ने जनाएको छ।

प्रकाशित मिति: २२:५५ बजे, शनिबार, कात्तिक २२, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्